Skip to content
Prabhu

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट निक्षेप भुक्तानी सुरु, पहिलो चरणमा बिरामी, बालबालिका र जेष्ठ नागरिकलाई

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताको रकम भुक्तानी सुरु भएको छ । राष्ट्र बैंकको व्यवस्थापन समूहले सूचना जारी गरेर बैंकका निक्षेपकर्ताको रकम भुक्तानी सुरु भएको जनाएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहको नेतृत्वमा सञ्चालन भइरहेको बैंकले हालको तरलता अवस्थालाई मध्यनजर गर्दै प्राथमिक चरणमा पुस १७ गतेदेखि १६ वटा शाखाबाट निक्षेप भुक्तानीको व्यवस्था गरेको छ । बैंकले विशेषत बिरामी, वृद्ध र बालबालिकाको औषधी उपचार प्रयोजनका लागि अधिकतम २५ हजारका दरले प्रति शाखा ५० जनासम्म निक्षेप भुक्तानी दिने जनाएको छ । यसका लागि ग्राहकहरूले आवश्यक कागजात पेश गर्नुपर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

भुक्तानी प्रदान गरिने शाखाहरूमा नेपालगंजस्थित केन्द्रीय कार्यालयसहित तुल्सीपुर, लमही, गुलरिया, बाँसगढी, भुरीगाउँ, घोराही, कोहलपुर, खजुरा, सानोश्री, भालुवाङ, गढवा, राजापुर, ठाकुरद्वारा, नारायणपुर र सिसहनिया शाखा रहेका छन् । भुक्तानी प्रक्रिया बिहान ११ बजे सुरु हुने बताइएको छ । बैंकले ग्राहकहरूको असुविधा प्रति क्षमा माग्दै, तरलता व्यवस्थापन सुधारसँगै भुक्तानीको दायरा क्रमशः विस्तार गर्दै लैजाने बताएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal