काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीलाई प्रतिइकाई १ हजार रुपैयाँ दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्रीका लागि अनुमति दिएको हो ।
जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणका लागि र १ लाख ८० हजार इकाई कम्पीले प्राइभेट प्लेसमेन्ट गर्ने जनाएको छ । कम्पनीले ७ वर्ष अवधिको आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर दिइनेछ । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्