काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्डबाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।
आज बिहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गर्दै छ । यो छुट योजना पुस १८ गते बिहीबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मूल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरूलाई एयरबड प्रदान गर्नेछ ।
ग्राहकहरूले दराजबाट न्यूनतम् १ हजार ८ सय को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफूले खरिद गरेको मूल्यमा १८ प्रतिशत, १८ सयसम्म मात्र छुट पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्