काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रकम भुक्तानी गर्न इन्टरनेट कम्पनीलाई आज बिहीबार पत्राचार गरेको छ ।
प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको रकम तिर्न बाँकी रहेका कम्पनीलाई पत्राचार गरेको हो ।
दूरसञ्चार सेवाप्रदायकले सेवा सञ्चालन गरेबापत कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
कतिपय इन्टरनेट सेवाप्रदायकले मर्मत सम्भारलगायत शीर्षकबाट प्राप्त गरेको आम्दानीमा रोयल्टी तथा आरटीडीएफ नबुझाएको प्राधिकरणले जनाएको छ ।
सर्वोच्च अदालतले समेत तिर्नुपर्ने निष्कर्ष निकालेको भन्दै प्राधिकरणले यही पुस मसान्तभित्र दाखिला गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्