काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
मन्त्री डा राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिएकी हुन् । परराष्ट्र सेवामा रहेकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकि थिइन् ।
प्रतिक्रिया दिनुहोस्