Skip to content
Prabhu

सरकारी कामको मानक बन्दै राष्ट्रिय बीमा कम्पनी

nabil

काठमाडौं । नेपालमा कुनै पनि सरकारी काम समयमा सम्पन्न हुँदैन र निकै झन्झटिलो प्रक्रियाका कारण समय लाग्ने गरेको छ । कुनै सामान्य काम सम्पन्न गर्नका लागि पनि निकै लामो समय लाग्ने गरेको हो । सरकारी कर्मचारीले दिने दुःख र सास्तीबाट आम नागरिक सरकारी निकायमा गएर काम गर्नु पर्दा निकै असहज मान्ने गर्छन् ।

सरकारी निकायम गएर काम गर्नुपर्दा त्यहाँका कर्मचारीले गर्ने व्यहार, लामो समय लाइन बस्नु पर्ने बाध्यता लगायतका कारणले सरकारी नियकाममा सकेसम्म जानै नपरे हुन्थ्यो भन्ने आम मानिसको अपेक्षा हुन्छ । तर, त्यहाँ नगएर सुखै पाइँदैन । सरकारले लाइन बस्नु पर्दैन भनेर जतिसुकै ठूला कुरा गरे पनि जुन सुकै सरकारी निकायम लाइन नबसे कुनै पनि काम बन्दै ।

पछिल्लो समय यस्तै मानकलाई सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सहि सावित गरिदिएको छ । असोज महिनामा गएको बाढी पहिरोबाट भएको क्षतिको क्षतिपूर्ति दिने कुरामा कम्पनीले निकै ढिलाइ गरेको छ । कम्पनीले हालसम्म एउटा पनि दाबीको भुक्तानी दिन सकेको छैन । निर्जीवन बीमा कम्पनीहरुले हालसम्म १ अर्ब ५२ करोड १८ लाख ६ हजार ३१८ रुपैयाँ ५६ पैसाको भुक्तानी दिदा सरकारी कम्पनी राष्ट्रिय बीमा कम्पनीले आफ्ना बीमितलाई दाबी गरेको रकम भुक्तानी गर्न नसकेको हो ।

राष्ट्रिय बीमा कम्पनीमा असोज महिनामा परेको अविरल बर्षाका कारण भएको क्षतिको २० वटा दाबी परेका छन् । उक्त दाबीको कम्पनीले २० करोड ७३ लाख ७० हजार रुपैयाँ भुक्तानि गर्नुपर्ने छ । बाढीपहिरोले क्षति गरेको ३ महिना बित्तिसक्दा पनि कम्पनीले एउटा पनि दाबीको सेटलमेन्ट गर्न नसक्नुले ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानलाई सार्थकता दिएको छ ।

अहिले नेपालमा लघु निर्जीवन बीमा सहित १८ वटा कम्पनी सञ्चालनमा रहेका छन् । अन्य १७ कम्पनीले आफ्ना बीमितलाई दाबीको भुक्तानी दिने कामलाई छिटोभन्दा छिटो गरिरहदा सरकारी स्वामित्वको कम्पनीले भने आफ्ना बिमितलाई पीडामा मलम लगाउने काम गर्न सकेन । समयमा दाबी गर्न नसक्दा आम नागरिकमा बीमाप्रति आकर्षण कम हुने निश्चित छ । तसर्थ बीमाको दाबी छिटोभन्दा छिटो दिनका लागि जरुरी छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal