काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्