काठमाडौं । लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक ‘डिजिटल डिसेम्बर’ अभियानअन्तर्गत डिजिटल संवाद आयोजना गरेको छ ।
बैंकले देशव्यापी वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमले डिजिटल साक्षरता प्रबर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिबद्धतालाई जोड दिएको छ ।
सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारिता, सुरक्षाको महत्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासबारे विविध समूहका सहभागीहरूलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो।
सातैवटा प्रदेशका प्रमुख सहर पोखरा, सुर्खेत, इटहरी, जनकपुर, हेटौंडा, धनगढी, भैरहवा र काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्