काठमाडौं । राधी विद्युत कम्पनीको साधारणसभा पुस २८ गतेका लागि बोलाइएको छ । पुस १८ गते बोलाएको साधारणसभा स्थगित भएपछि राधी विद्युत कम्पनी लिमिटेडले पुनः पुस २८ गतेका लागि सभा बोलाएको हो ।
कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो । सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा बिहान ८ बजेदेखि शुरू हुनेछ । सभामा कम्पनीले यसअघि नै समावेश गरेका प्रस्तावहरू पारितका लागि पेश गरिनेछ । जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश समेत रहेको छ ।
त्यसैगरी बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् । सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेकाले पुस ३ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्