Skip to content

आइएमई लाइफको बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

काठमाडौं । आइएमई लाइफले पुस ७ देखि पुस २९ गतेसम्म बीमालेख नवीकरण गर्ने ग्राहकहरूलाई ५० प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यस अवधिमा बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज र जरिवानामा ५० प्रतिशतसम्मको छुट दिइरहेको हो ।

यो सुविधा केवाईसी भेरिफाइड भएका ग्राहकहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ । यो अवसरको लाभ लिन इच्छुक ग्राहकलाई यथाशीघ्र केवाईसी भेरिफाइड गर्न कम्पनीले सुझाव दिएको छ । साथै यो अवसरको फाइदा उठाउँदै व्यतित बीमालेख नवीकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्