Skip to content

नेपाल बैंकका ग्राहक र कर्मचारीले क्रिस्टल डायग्नोस्टिकमा ३० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र क्रिस्टल डायग्नोस्टिक प्रा. लि. बीच बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रा. लि. को विभिन्न सेवाहरूमा १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको छुट पाउनेछन् ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकका प्रबन्ध निर्देशक रविन्द्र के.सी.ले हस्ताक्षर गरेका हुन् । यो सम्झौताबाट बैंकका कर्मचारी र ग्राहकहरूले जनरल प्याथोलोजी टेस्ट, मोलिक्युलर टेस्ट, आउटसोर्सिङ टेस्ट, यूएसजी, इको, इसीजी, एक्स–रे, पीएफटी, एन्डोस्कोपी, कोलोनोस्कोपी, आरटी–पिसिआर टेस्ट लगायतका स्वास्थ्य सेवामा विशेष लाभ लिन सक्नेछन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्