काठमाडौं । एनआईसी एशिया लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
पुष १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरेको छ । सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्