Skip to content
Prabhu

हिमालयन लाइफका ८१ जना अभिकर्ता एमडीआरटीमा छनौट

nabil

काठमाडौं । हिमालयन लाइफका ८१ जना अभिकर्ता सन् २०२५ का लागि एमडीआरटीमा छनौट भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी हिमालयन लाइफ इन्स्योरेन्सका ८१ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । अभिकर्ताहरुले गरेको अथक प्रयास र मिहिनेतले यो लक्ष्य प्राप्त गर्न सफल भएका हुन् ।

सन् २०२५ को लागि कम्पनीको देशभरी रहेका २०९ शाखा कार्यालयबाट ८१ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गरेका छन् । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई विभिन्न समयमा तालिम तथा अभिकर्ता पुनर्ताजगी लगायतका कार्यक्रमहरु सञ्चालन गरेर अभिकर्ताहरुलाई हौसला प्रदान गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal