Skip to content
Prabhu

नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न

nabil

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा ‘पारिवारिक रेमिट्यान्सको अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सञ्चालित उक्त १ दिने कार्यशाला गोष्ठि काठमाडौंको अरण्य बुटिक होटल, हात्तिसरमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको उपस्थिती रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरको विशेष अतिथीको रुपमा उपस्थित रहेको थियो । रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुसमेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसंग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न रेमिट्यान्सले महत्वपूर्ण भुमिका रहेको स्मरण गराउदै बैधानिक तबरले रेमिट्यान्स भि¥याउन र रेमिट्यान्सलाई डिजिटाईज्डतर्फ अगाडि लान सबैले पहल गनुपर्ने र रेमिट्न्ससँग सबन्धित विषयहरुमा नेपाल राष्ट्र बैंक नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि बताइन् ।

यसैगरी नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए । यसैक्रममा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले प्रतिस्पर्धि संस्थाहरु एकआपसमा स्वस्थ प्रतिस्पर्धा गरी आफ्ना क्रियाकलाप गर्नुपर्ने, समयमै अनुमतिपत्र नविकरण गराएर आफ्नो कारोबार नियमिततापूर्वक गर्नुपर्ने र रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि नियामक निकायका हैसियतबाट नेपाल राष्ट्र बैंकको निति निर्देशनको परिधिभित्र रहेर सहयोग गर्न नेपाल राष्ट्र बैंक सदैव तयार रहेको बताए । साथै यसैगरी अर्का अतिथी नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेका नियमकानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा बृद्धी हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा बृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय बृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको वर्तमान अवस्था र रेमिट्यान्स कम्पनी र नियामक निकायबाट सुधार गर्नुपर्ने कुराहरुमाथि प्रकाश पारेका थिए । त्यस्तै उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले समसामयिक विषयमा आ आफ्नो भनाइ राखेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal