काठमाडौं । सामसङले नेपाली बजारमा १२ केजी क्षमताका दुई नयाँ विस्पोक एआई वासिङ मेसिन नेपालमा सार्वजनिक गरेको छ । वासिङ मेसिन स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने एआई प्रविधि जडान भएको कम्पनीको दाबी छ ।
मेसिन एआई इकोबल जस्ता स्मार्ट प्रविधिमा आधारित यी मेसिनले आफैँ लुगालाई कस्तो किसिमले धुनुपर्छ भनेर पहिचान गर्न सक्छन् ।
१२ केजीसम्मको क्षमता भएकाले एकैपटक धेरै लुगा छिटो र सुरक्षित रूपमा धुन सकिने कम्पनीले जनाएको छ । वासिङ मेसिन बनाउँदा नै कम ठाउँ ओगट्ने कुरामा ध्यान दिइएको भन्दै कम्पनीले सानो घरमा पनि सजिलै राख्न सकिने जनाएको छ । साथै मेसिनहरूले कम ऊर्जा खपत गर्ने कम्पनीको दाबी छ ।
यसअन्तर्गत बजारमा दुई मोडेलका विस्पोक वासिङ मेसिन आएका छन् । डायल कन्ट्रोल भएको डब्लूडब्लू१२डीजी५बी२४एएक्सआईएम र एलईडी डिस्प्ले भएको डब्लूडब्लू१२डीजी६बी२४एबीआईएम मोडलको मूल्य क्रमशः एक लाख १४ हजार ९९० रुपैयाँ र एक लाख २० हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्