Skip to content
Prabhu

दाबी भुक्तानीका लागि आवश्यक कागजात उपलब्ध गराउन आइएमई लाइफको आग्रह

nabil

काठमाडौं । आइएमई लाइफले दाबी भुक्तानीका लागि आवश्य पर्ने कागजात उपलब्ध गराइदिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै छिटो छरितो बीमा दाबी भुक्तानी गर्नका लागि आवश्यक कागजात उपलब्ध गराइदिन आग्रह गरेको हो ।

आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीमा बीमा दावी भुक्तानीको लागि निवेदन दिएका बीमितहरुलाई सक्दो चाँडो आवश्यक कागजात पेश गरी दावी भुक्तानीमा सहयोग गरिदिन आम बीमितहरुलाई अनुरोध गरेको छ ।

कम्पनीले माग गरे बमोजिमको आवश्यक कागजात उपलब्ध नगराएका तथा सम्पर्कमा नआएका आम बीमितहरुलाई जति सक्दो चाँडो सम्पर्कमा आई कागजात पेश गरेर दावी फछ्र्यौटमा सहयोग गरिदिन पनि कम्पनीले आग्रह गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal