काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि कठमाडौं डाइभर्ट गरिएको छ ।बुद्ध एयरका अनुसार उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।
इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर ११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्