काठमाडौं । गृह मन्त्रालयले सोमबार ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । काठमाडौंको प्रजिअमा ऋषिराम तिवारीलाई ल्याइएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
काठमाडौंमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सुनसरीको प्रजिअमा धर्मेन्द्रकुमार मिश्र, कैलालीमा गोगनबहादुर हमाल, सर्लाहीमा तुलसीबहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपालकुमार अधिकारी र सल्यानमा सवित्रा पुनलाई सरुवा गरिएको छ ।
सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्