Skip to content

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट निक्षेप भुक्तानी कार्य स्थगित

nabil bank

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट ग्राहकलाई निक्षेप भुक्तानी कार्य स्थगित गरिएको छ । नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना जारी गर्दै (आज) पुस २३ गतेबाट पुस २६ गतेसम्मका लागि निक्षेप भुक्तानी कार्य स्थगन गरिएको जानकारी गराएका हुन् ।

बैंकको तरतला व्यवस्थपन तथा नियमित काम भइरहेको भन्दै हाल निक्षेप भुक्तानी कार्य स्थगन गरिएको बताइएको छ । तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानी कार्य पुनः सुचारु गरिने बताइएको छ । व्यवस्थापन समूहले बैंकका ग्राहकलाई केही दिनदेखि निक्षेप भुक्तानी कार्य गर्दै आएको थियो ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंकामा बैंकलाई समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको थियो । हाल राष्ट्र बैंकको व्यवस्थापन समूहले संस्थामा सुधारका कामहरु गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime