Skip to content
Prabhu

नेपाल लाइफ क्यापिटलको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

nabil

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औँ वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारणसभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र नयाँ सञ्चालक समिति चयन गरेको छ । नयाँ सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साधारण सभापछि बसेको ११०औं सञ्चालक समितिको बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal