काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर निश्कासन गर्ने भएको छ । सो कम्पनीले १ सय रुपैयाँ प्रति शेयर अंकित मूल्य दरका ५ लाख कित्ताले हुन आउने रकम ५ करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आइरहेको छ ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूहअन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्षदेखि फ्याब्रिकेसन व्यवसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरी आफ्नो कारोबार र बजार विस्तार गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्