Skip to content
Prabhu

दोल्ती पावरको सेयर मूल्यमा १५ मिनेटमै नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको कारोबार खुल्न वित्तिकै दोल्ती पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको काराबार खुलेको पहिलो १५ मिनेटमै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८३ रुपैयाँ ८० पैसाले घटेर ७५४ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट आएको खण्डमा त्यसमा सर्किट लगाएर कारोबार रोक्का गरिन्छ ।

यो अवस्थामा समग्र बजार परिसूचक भने ७ दशमलव ३७ अंकले बढेर २६४८ दशमालव ०६ विन्दुमा पुगेको छ । अघिल्लो दिन भने सेयर बजार उच्च अंकले बढेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal