काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट लागेको हो ।
कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट वा वृद्धि भयो भने सर्किट लागेर कारोबार बन्द हुने गरेको छ । आजको कारोबार जारी रहदा यो कम्पनीको सेयर मूल्य ६७३ रुपैयाँ २० पैसाले घटेर ६ हजार ५८ रुपैयाँ २० पैसा पुगेको छ । यस अघि दोल्ती पावर कम्पनीको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।
यो समाचार तयार पर्दासम्म समग्र बजार परिसूचक भने १४ दशमलव ६८ अंकले बढेर २६५५ दशमलव ३७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब २१ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्