Skip to content
Prabhu

सरकारले खुलायो थप ५७ हिमालको आरोहण

काठमाडौं । नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै थप ५७ वटा हिमालको आरोहण खुला गरेको छ ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम २ को उपनियम १ बमोजिम हिमालको आरोहण खुला गरिएको उल्लेख गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

गत असोजमा सरकारले ती हिमालहरूको आरोहण खुला गर्ने निर्णय गरेको थियो । ६ हजारदेखि ६ हजार ६५ सय मिटरसम्मको उचाइ भएका यी हिमाल आरोहणको अनुमतिका लागि पर्यटन विभागले गत असारमै सिफारिस गरेर पठाएको थियो ।

यसअघि नेपालमा ४ सय १९ हिमाल आरोहणका लागि अनुमति प्राप्त थिए । योसँगै अब अनुमतिप्राप्त हिमालको संख्या ४ सय ७६ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal