Skip to content
Prabhu

लघुवित्त कम्पनीप्रति राष्ट्र बैंक थप लचिलो

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंक लघु वित्त कम्पनीहरु प्रति थप लचिलो बनेको छ । केन्द्रीय बैंक मंगलबार जारी गरेको सर्कुलरमा लघुवित्तप्रति थप लचिलो देखिएको हो ।

सर्कुलर मार्फत लघुवित्तहरुलाई सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न अनुमति दिने व्यवस्था गरेको छ । तर उनीहरुले त्यस्तो लगानीलाई प्राथमिक पुँजीकोषमा गणना गर्न भने पाउने छैनन् । नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस लिमिटेड, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्दा भने प्राथमिक पुँजीकोषमा गणना गर्न सुविधा दिइएको छ । ती कम्पनीहरुमा राष्ट्र बैंकको समेत लगानी रहेको छ ।

सर्कुलरका अनुसार लघुवित्तको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर भएका सेयरधनी र एकाघरका परिवारका सदस्य संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख बाहेक पदमा नियुक्ति र पुनर्नियुक्ति हुन रोक लगाइएको छ ।

त्यस्तै थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्तबीच एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्तको रुपमा काम गर्न पाउने व्यवस्था गरेको छ । साथै राष्ट्र बैंकले लघुवित्तहरुलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal