काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ जना निर्देशकको सरुवा गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एकैपटक २६ जना निर्देशकहरुको सरुवा गरेका हुन् ।
हाल नियमन विभाग रहेका निर्देशक डा. सत्येन्द्र तिमिल्सिनालाई गभर्नरको कार्यालयमा तानिएको छ । यस्तै उनको ठाउँमा नियमन विभागमा नेपालगन्ज कार्यालयमा रहेका देवेन्द्र गौतमलाई ल्याइएको छ । नियमनका रहेका राजनदेव भट्टराईलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । वित्त व्यवस्थापन विभागबाट इन्द्रा चाम्लागाइँ मैनालीलाई नियमनमा लगिएको छ । वित्त व्यवस्थापन विभागकी मीना पाण्डेलाई बैंक सुरिवेक्षणमा सरुवा गरिएको छ । बैंक सुपरिवेक्षणका सुदीप फुयाललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। वीरगन्ज कार्यालयका शरणकुमार अधिकारीलाई गैरबैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागमा ल्याइएको छ । त्यहाँका गिरिजाप्रसाद कोइरालालाई कानुन महाशाखा पुर्याइएको छ ।
आर्थिक अनुसन्धान विभागका नारायणप्रसाद पोख्रेललाई नेपालगन्ज पुर्याइएको छ । जनकपुरबाट माधव दाहाललाई आर्थिक अनुसन्धान विभाग ल्याइएको छ । धनगढीबाट सुवास आचार्यलाई बैंक सुपरिवेक्षण विभाग ल्याइएको छ । बैंक सुपरिवेक्षणका शैलेन्द्र रेग्मीलाई विराटनगरको जिम्मेवारी दिइएको छ भने विराटनगरबाट बुद्धराज शर्मालाई आर्थिक अनुसन्धान विभाग तानिएको छ ।
प्रतिक्रिया दिनुहोस्