Skip to content
Prabhu

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका सुनिता र कमला धरौटीमा रिहा

nabil

काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा भएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा ४ लाख र सञ्चालक समिति सदस्य कमल लामा ३ लाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal