Skip to content

जोशी हाइड्रोपावरको दुई आवको साधारणसभा माघ १५ गते

nabil bank

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी माघ १५ गते दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले नवौं र दशौं वार्षिक साधारणसभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा माघ १५ गते बिहान १० बजेदेखि सुरु हुने छ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव भने समावेश गरेको छैन । सभाले आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि समावेश गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime