Skip to content
Prabhu

पुस मसान्तभित्र कर बुझाउन विभागको ताकेता

nabil

काठमाडौं । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न विभागले करदाताहरूलाई अनुरोध गरेको हो ।

आयकर ऐन, २०५८ (संशोधनसहित) को दफा ९४ को उपदफा ९१० बमोजिम, आव २०८१/८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले, दफा ९५ बमोजिम, आव २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशत रकम २०८१ पुस मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेको विभागले उल्लेख गरेको हो ।

विभागले जारी गरेको सूचना अनुसार, ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर विवरण बुझाउन अनुरोध गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal