Skip to content
Prabhu

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

nabil

काठमाडौं । सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ, सीजी डिजिटलका स्टोरहरूमा LG, CG, Godrej, Midea, र Black+Decker का माइक्रोवेव ओभन किन्दा कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।

साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनका लागि अवसर प्रदान गर्ने छ। यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ।

सीजी डिजिटलको अनुभवी,प्रशिक्षित,कुशल सेफ बाट यो कक्षा संचालन भैरहेको छ । अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड, झापा, काकडभित्ता, चन्द्रगडी, धरान उर्लाबारी र लहानमा सीजी डिजिटललगायत एलजीको डिलरहरुमा यो कुकिङ कक्षा २०८१ पुस २५ गतेदेखि माघ ११ गतेसम्म चलिरहेको छ ।

सीजी डिजिटलका सेफ धनबाहादुर बस्नेतले भने, ७त्रगयतसहामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ। यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधिको प्रयोगमा सघाउन चाहन्छौं। यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्ने छ।

प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ। कक्षामा विशेष गरी  माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफूलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ ।

सीजी डिजिटलले ग्राहकहरूको लागि यस किसिमका नविनतम सेवा र अफरहरू पुर्याएर ग्राहक सन्तुष्टि र
विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ। ग्राहकहरूलेLG, CG, Godrej, Midea, र Black+Decker का माइक्रोवेव ओभनको विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal