बोटलर्स नेपाल (तराई) को साधारण सभा आज बस्दैछ । लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले आज साधारणसभा आयोजना गर्न लागेको हो ।
यो कम्पनीले चुक्ता पुँजीको आधारमा ५० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यो कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्