काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर यसअघि नै संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिसकिएको कम्पनीले जनाएको छ । यसर्थ अब यो सेयरमा इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले खरिद गर्न सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा माघ ११ गतेभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्