काठमाडौं । अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले जलवायुु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुकहरू मिलेर समाधान गर्नेतर्फ लाग्नुुपर्ने धारणा राखेका छन् ।
शनिबार राजधानीमा विश्व व्यापार संगठन(डब्लुूटियो) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गर्दै अर्थतन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताए । कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरूको समेत विकेन्द्रीकरण गरी आपूर्ति शृंखलामा समेत विविधीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिवीच छलफल गर्न यस सम्मेलनमार्फत ठूलो सहयोग पुुग्ने अर्थमन्त्रीको भनाइ छ ।
जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले संभव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनको भनाइ छ । ठूलो लगानीमा निर्माण गरेका पूर्वाधाका संरचनाहरूमा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढी,पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायु मैत्री विकास प्रक्रियामा क्रियाशिलता लिनुुपर्ने उनको भनाई छ ।
आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी हुने अर्थमन्त्रीको भनाइ छ । विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा रहेको दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउँदै अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावले भ ठूलो आर्थिक एवम् सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने धारणा राखे ।
दक्षिण एसिया कृषि उत्पादन र यसको व्यापारका लागि महत्वपूर्ण हिस्सा भएकाले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउन सक्ने चुनौतीलाई सामना गर्ने गरी जलवायुु स्मार्ट कृषिको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
जलवायु परिवर्तनले प्रचुर सम्भावना भएको स्वच्छ ऊर्जाको उत्पादन, विकास एवम् अन्तर क्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्यूनीकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।
सम्मेलनमा जलवायु परिवर्तनको जोखिम कम गर्दै दक्षिण एसिया क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापारमा दिगोपना ल्याउने विषयमा गहन छलफल र विचार विमर्श हुनेछ र सरकारलाई समेत महत्वपूर्ण सुझाव प्राप्त हुने उनको भनाइ छ ।
सम्मेलनमा काठमाडौं विश्व विद्यालयका रजिष्टार डा. अच्युुत वाग्लेले निजीक्षेत्र मैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासको लागि टेवापुुग्ने बताए । जब व्यापारमा दिगोपनको कुुरा गर्छां, त्यहाँ राजस्व र करको कुरा मात्र नभएर लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।
नवीकरणनीय ऊर्जा व्यापार र हरित अर्थतन्त्रको को कुुरा गरिरहेका छौं, रजिष्टार वाग्लले भने, ‘अहिले जलवायुु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुुलित तरिकारले प्रवद्र्धन गर्नुपर्छ ।’’ विश्वमा जलबायुु परिर्वतको असरपरेकाले यसलाई न्यूूनीकरण गर्नेतर्फ लाग्नुुपर्ने उनको भनाइ छ । सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेसनल ट्रेड ल एन्ड आरविटेसन इष्टबुुल विलगि युुनिभरसिर्टीका निर्देशक डा .एन पिनर आर्टिरन जलवायुु परिवर्तन र वातावरणनीय दिगोपनतालाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुुपर्ने बताए । कृषि, पर्यटन, व्यापार पूर्वाधार जस्ता विषयमा अध्ययन अनुसन्धान गर्र्ने वातावरण निर्माण गर्नुुपर्ने उनको भनाइ छ ।
सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायुु परिर्वतनका क्षेत्रमा रहेका समस्या र चुुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुुपर्ने धारणा राखे । जलवायुु परिवर्तन र दिगोपनतालाई लक्षित गरी स्रोतको परिचालन र व्यवस्थापनमा अगाडि बढेका छौं, जोशीले भने, ‘नीति निर्माण र कार्ययोजनामार्फत व्यापार प्रबर्द्धन गर्न अध्ययन अनुुसन्धानले सहयोग पुु¥याउँछ ।’
सम्मेलनमा सहभागि वक्ताहरूले जलवायुु परिवर्तनले व्यापारको दिगोपनमा असर पारिरहेकोले न्यूूनीकरण गर्न आवश्यक परेको बताए । आर्थिक विकासको इन्जिनको रूपमा रहेको व्यापार रहेकाले उत्पादन र उत्पादक्त्व बढाएर प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । दुुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, ट्रकी, बंगलादेश, इन्डोनेसिया लगायतका नौवटा देशका प्रतिनिधिको सहभागिता रहेको छ । शनिबारदेखि राजधानीको याक एण्ड यती होटलमा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।






प्रतिक्रिया दिनुहोस्