Skip to content
Prabhu

भिजन लुम्बिनीको अध्यक्षमा पुनः पोखरेल निर्वाचित

बुटवल । भिजन लुम्बिनी लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको साधारणसभा बुटवलमा छुट्टाछुट्टै सम्पन्न भएका छन् ।

भिजन लुम्बिनी लिमिटेडको नवौँ साधारणसभाले अध्यक्षमा पुनः जगत पोखरेललाई नै निर्वाचित गरेको छ भने ऊर्जा कम्पनीको पाँचौं र छैटौं साधारणसभाले सञ्चालक समितिका सदस्यहरु मात्रै चयन गरेको छ । ऊर्जा कम्पनीको अध्यक्ष पछि चयन गरिने भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

दुवै कम्पनीका संस्थापक अध्यक्ष पोखरेलले दुवै कम्पनीका लगानीलाई पारदर्शी र अति मेहनेतका साथ परिचालन गरिएको र उल्लेख्य प्रगती भएको विवरणहरु साधारणसभामा पेस गरेका थिए । निरन्तर लगाव, निरन्तर मेहनेत र निरन्तर समर्पणवाटै सकारात्मक परिणाम आएको उनको भनाइ थियो । बुटलबाट सुरु भएको दुवै कम्पनी मध्ये भिजन लुम्बिनी लिमिटेडमा एक हजार र उर्जा कम्पनीमा १६ सयभन्दा बढी संस्थापक लगानीकर्ता देशभरीका छन् ।

भिजन लुम्बिनी कम्पनीले ऊर्जा, लघुवित्त, लघुविमा, यातायात, पर्यटन लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ भने ऊर्जा कम्पनीले कास्कीमा सेतीनदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ ।

आयोजनाको काम सुरु गरेको झण्डै चार बर्षको अवधिमा २५ मेगावाटको जलविद्युत उत्पादन गरेर विद्युत प्राधिकरणलाई बेच्न सफल भएकोमा लगानीकर्ताहरुले साधारण सभामा अध्यक्ष पोखरेलसहित वोर्ड सदस्य र कर्मचारीहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उनीहरुले आगामी दिनमा पनि यस्तै उदाहरणीय र प्रशंसनीय आयोजनाहरु बनाउन नेतृत्वलाई प्रोत्साहन गर्दैै आफूहरु थप लगानी गरेर साथ दिन तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

साधारणसभामा अध्यक्ष पोखरेलले भिजन लुम्बिनी कम्पनीमार्फत चाँडै शिक्षा, सूचना प्रविधि, ट्रमा सेन्टर निर्माण, एकीकृत कृषि, सौर्य ऊर्जा उत्पादन, विद्युत आयोजनाहरुको मर्मत, सर्वेक्षण, निर्माण, अध्ययन अनुसन्धान, लगायतका कामहरु गर्ने योजना रहेको पनि जानकारी दिएका थिए।

ऊर्जा कम्पनीको साधारणसभाबाट संचालक समितिको सदस्यमा निवर्तमान अध्यक्ष जगत पोखरेल, सुदिपसिंह अधिकारी, बमबहादुर गुरुङ, राजेन्द्र अधिकारी र नेहा अग्रवाललाइ चयन गरिएको छ। नेहा अग्रवाल र राजेन्द्र अधिकारी सर्वसाधारण समूहबाट सञ्चालक निर्वाचित भएका हुन् भने बाँकी संस्थापक समूहबाट निर्वाचित भएका हुन् ।

त्यसैगरी भिजन लुम्बिनी कम्पनीको सञ्चालक सदस्यमा कुलबहादुर केसी, गिरिप्रसाद गैरे, कुशव कुँवर, मोहनलाल जोशी, महाप्रसाद सुवेदी, शिवप्रसाद पाण्डे, राजीव गौतम, कमला पोखरेल शर्मा पराजुली, प्रकाश पौडेल र टेकराज रेग्मी सर्वसहमत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।

दुवै साधारणसभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिबेदन पारित गर्ने लगायतका निर्णयहरु पनि गरेका छन् । कार्यक्रममा उत्कृष्ट योगदान गर्ने लगानीकर्ता, कर्मचारीसँगै पत्रकारद्वय जीवन भण्डारी र कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्