Skip to content

सेयर बजार घट्दा पनि विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य घट्यो भने ४३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो ।

४३ कम्पनीको सेयर मूल्य मात्रै बढेको दिन १ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ ।

आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा २५३ रुपैयाँ ८० पैसाले वृद्धि भएर २ हजार ७९१ रुपैयाँ ८० पैसा पुगेको छ । आजको कारोबार बन्द हुँदा धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक, नेपाल रिपब्लीक मिडिया, केबिएल डिबेन्चर २०८६ र हिमालयन पावार पार्टनर लिमिटेड रहेका छन् ।

आजको कारोबार बन्द हुँदा सिन्धु विकास बैंकको सेयर मूल्य ९० रुपैयाँले बढेर १ हजार १९८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा ८.१९ प्रतिशतले बढी हो । त्यस्तै आज आज नेपाल रिपब्लीक मिडियाको सेयर मूल्य २१ रुपैयाँ २० पैसाले बढेर ४५६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.८७ प्रतिशतले धेरै हो ।

त्यस्तै केबिएल डिबेन्चरको सेयर मूल्य ६.०४ प्रतिशत अर्थात् ७४ रुपैयाँले बढेर १ हजार २९९ रुपैयाँ पुगेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि १९ रुपैयाँ ७० पैसाले बढेर ४७४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.३४ प्रतिशतले धेरै हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime