काठमाडौं । आइतबार सेयर बजार दोहारो अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य घटेको दिन एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार बन्द हुँदा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य ६९ रुपैयाँले घटेर ६२१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा सानिमा ग्रोथ फण्ड, उपर मादी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स छन् ।
आजको कारोबार बन्द हुँदा सानिमा ग्रोथ फण्डको सेयर मूल्य ७.५५ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ०.७४ रुपैयाँले घटेर ९ रुपैयाँ ०६ पैसा पुगेको छ । त्यस्तै, उपर मादी हाइड्रोको सेयर मूल्य पनि ७.१० प्रतिशत अर्थात् १०६ रुपैयाँले घटेर १ हजार ३८६ रुपैयाँ पुगेको छ ।
आइतबार ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ८३ रुपैयाँ १० पैसाले घटेर १ हजार १३२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ६.८४ प्रतिशतले कम हो । समृद्धि फाइनान्सको सेयर मूल्य पनि आज ४२ रुपैयाँले घटेर ६५४ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.०३ प्रतिशतले कम हो ।






प्रतिक्रिया दिनुहोस्