Skip to content
Prabhu

सरकारी मानक बनिरहेको राष्ट्रिय बीमा कम्पनीभित्र भद्रगोल, न दाबी भुक्तानी, न गर्छ पुनर्बीमा, के हेर्दै छ नियामक ?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी पछिल्लो समय भद्रगोल अवस्थामा रहेको छ । लेखापरीक्षणसमेत गर्न नसकी रहेको कम्पनीले पछिल्लो समय आफ्नोमा बीमा गरेको आयोजनाको पुनर्बीमा समेत नगरेको पाइएको छ । माथिल्लो तामाकोशी आयोजनाले यो कम्पनीमा बीमा गरेको भए पनि उक्त आयोजनाको पुनर्बीमा नगरेको पाइएको हो ।

बीमा कम्पनीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पुनर्बीमा नगरेको विषय कम्पनीको बुधबार आयोजना गरेको दोस्रो वार्षिक साधारणसभामा उठेको थियो । उक्त विषयमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले अप्पर तामाकोेशीको पुनर्बीमा गल्ती भएको स्वीकार गरेका थिए । कर्मचारीले गल्ती गरेको उनको भनाइ थियो । पुनर्बीमा नगरेकाले बाढीपरिहोरबाट क्षेत्र भएको माथिल्लो तामाकोशी आयोजनाको क्षतिपूर्ति सबै बीमा कम्पनीले व्यहोर्नुपर्ने भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

गत वर्षको चैतमा दुई अर्बभन्दा बढीको बीमा गरी पुनर्बीमा नगरेका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष कोइराला, वर्तमान सीईओ डा. शिवहरि श्रेष्ठ, पुनर्बीमा विभागकी प्रमुख सिर्जना पन्त समेतले आफ्नो दायित्वभित्र रहेको पुनर्बीमा सम्बन्धी काम नगरी कम्पनीलाई हानी नोक्सानी पुर्याउने काम गरेको देखिन्छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बीमा गरेको सात महिनापछि गत असोज १२ गते बाढीका कारण उक्त आयोजनामा १ अर्ब ८४ करोडको क्षति भएको भन्दै बीमा दावी परिसकेको छ । अब यो सबै दाबी बीमा कम्पनीले नै व्यहोर्नु पर्ने हुन्छ । अहिले उक्त आयोजनामा भएको क्षतिको एकिन मूल्यांकनका लागि सर्भेयर खटाइएको अवस्था छ । सबै प्रक्रिया पुरा गर्दा आयोजनामा १ अर्ब भन्दा माथिको नै क्षतिको विवरण आउने अवस्था देखिएको छ । तर, जम्मा २६ करोड चुक्ता पुँजी भएको कम्पनीमाथि एक अर्बभन्दा बढीको भार पार्ने त्रुटिपूर्ण कार्यमा संलग्न दोषीहरूलाई बीमा प्राधिकरणले कुनै कारबाही गरेको छैन ।

निजी बीमा कम्पनीहरूले आफूले गराएको बीमाको पुनर्बीमा गराउँछन् । जसले गर्दा क्षति भएको खण्डमा पुनर्बीमाबाट रकम ल्याएर क्षतिपूर्ति तिर्ने र कम्पनीलाई पर्ने दायित्व कम हुन जान्छ । तर, सरकारी कर्मचारीको गैरजिम्मेवार पूर्ण कार्यले सरकारी निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीलाई ठूलो दायित्व पर्ने भएको छ । कम्पनीलेको नेतृत्वमा बसेकाहरूले भने यो विषयमा कुनै पनि ध्यान दिएनन् । अडिट रिपोर्ट तयार नपार्नेदेखि लिएर पुनर्बीमा नगर्ने तथा बाढीपहिरोको दाबी भुक्तानी पनि गर्न नसकेको सरकारी कम्पनीका विषयमा नियामक नेपाल बीमा प्राधिकरणले पनि खासै चासो दिएको देखिँदैन ।

तत्कालीन अध्यक्ष सूर्य सिलवालले समेत यो कम्पनीको विषयमा छलफल भइरहेको बताउँदै आएका थिए । तर, उनी भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि अहिले प्राधिकरणको नेतृत्वमा आएका अर्थमन्त्रालका सहसचिव मदन दाहालले पनि अडिट हुन नसकेको विषयमा प्राधिकरणले छलफल नै गरिरहेको जबाफ दिए । यो कम्पनीमा भएको अनियमितता र गलत कामका विषयमा नियामक कहिलेसम्म छलफल गरिरने हो ? गम्भीर प्रश्न खडा भएको छ ।

लगानी न्यूजसँग कुरा गर्दै अध्यक्ष मदन दाहालले अडिट गर्नका लागि आफूहरूले भनिएको बताए । ‘यो विषयमा हामीहरूले बोर्डबाट नै टाइमलाइन बनाएर कहिले के गर्न सकिन्छ भन्ने विषयमा निक्र्यौल गरेर आउन भनेका छौँ,’ अध्यक्ष दाहालले भने । सञ्चालक समितिको अध्यक्षलाई नै राखेर यो विषयमा कुरा गरेको उनले जानकारी दिए । गर्छु भनेर नगर्ने गरिएकाले एउटा निश्चित समय नै तोकेर काम गर्नका लागि निर्देशन दिएको उनको भनाइ छ ।

पुनर्बीमा नगरेको विषय प्राधिकरणले स्पष्टिकरण सोधिसकेको अध्यक्ष दाहालको भनाइ छ । त्यसको जबाफ नआएसम्म अहिले यो विषयमा बोल्न अवस्था नरहेको उनको भनाइ छ । ‘पुनर्बीमा नगरेको विषय बाहिर आएको छ । यो विषयमा प्राधिकरणले स्पष्टिकरण सोधेको छ । त्यसको जबाफ आएपछि नै थप प्रक्रिया अघि बढ्छ,’ उलने भने । सरकारी काम कहिले जाला घाम भने जस्तै सरकारी मानक बनेको कम्पनीले असोज दोस्रो साता आएको बाढी पहिरोबाट भएको क्षतिको दाबीमा पनि हालसम्म एउटा मात्रै दाबीको भुक्तानी दिएको अवस्था छ । कम्पनीमा २० वटा दाबी परेका छन् । सबै क्षेत्रमा कमजोर बन्दै गएको कम्पनीप्रति नियामक निकाय पनि मुकदर्शक जस्तै बनेको छ । कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजीसमेत पु¥याउने सकेको छैन । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने बताएको छ । तर, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ मात्रै रहेको छ ।

एक महिनामा २९ सयले घट्यो सेयर मूल्य

पछिल्लो समय भद्रगोल बनिरहेको बीमा कम्पनीको सेयर मूल्यमा पनि भारी गिरावट आएको छ । दोस्रो बजारमा यो कम्पनीको सेयर मूल्य पछिल्लो एक महिनाको अवधिमा २ हजार ९०९ रुपैयाँले घटेको छ । मंसिर २३ गतेको अन्तिम कारोबार दिनमा १७ हजार ९०० रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य बिहीबारको कारोबार बन्द हुँदा २ हजार ९०९ रुपैयाँले घटेर १४ हजार ९९१ रुपैयाँ पुगेको छ ।

कम्पनीको भद्रगोल अवस्थाले यो कम्पनीको सेयर मूल्य लगातार रुपमा घटिरहेको छ । सेयर बजारमा धेरै मूल्य हुने कम्पनीहरूमध्ये रहेको यो कम्पनीको लथालिङ्गी अवस्थाले लगानीकर्ताहरूको आकर्षण कम हुँदै गएको देखिन्छ । मंसिर २३ गतेदेखि पुसर २५ गतेसम्म सेयर बजार २२ दिन खुलेको छ । २२ दिनमध्ये यो कम्पनीको सेयर मूल्य जम्मा २ दिन मात्रै बढेको छ । अरु २० दिन यो कम्पनीको सेयर मूल्य घटेको छ । मंसिर २६ गते र पुस २२ गते मात्रै यो कम्पनीको सेयर मूल्य बढेको थियो भने बाँकी दिन घटेर कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal