Skip to content

सन् २०२४ मा श्रीलंकामा पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि

कोलम्बो । श्रीलङ्काले सन् २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको श्रीलङ्काको केन्द्रीय बैंक (सिबीएसएल) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्याङ्कले देखाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सिबीएसएल तथ्यांकले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलंका भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ ।

श्रीलंका सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्