काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ३७ अंकले बढेको हो ।
यो सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१० दशमलव ०५ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २४ अंकले बढेर ४४४ दशमलव २३ विन्दुमा पुगको छ ।
यो सेसनमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४२ कम्पनीका १ हजार २१३ कित्ता सेयर ५८ पटक खरिद बिक्री हुँदा ११ लाख ४९ हजार २१३ रुपैयाँ २० पैसाको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्