Skip to content

आधा घण्टामै सेयर बजारमा एक अर्ब माथिको कारोबार

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा पहिलो आधा घण्टाको अवधिमा नै नेप्सेमा १ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएको बजारमा आजको पहिलो आधा घण्टाको कारोबार अवधिमा १ अर्ब ३ करोड २३ लाख ८९ हजार १३० रुपैयाँ बराबरको कारोबार भएको हो ।

यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि ४ दशमलव ७१ अंकले बढेर २६१४ दशमलव ३८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ । १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्