काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको मध्यान्ह १२ बजेसम्मको कारोबार जारी रहँदा आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो अवधिमा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६२४ रुपैयाँ ९० पैसाले घटेर ५ हजार ६२४ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि ११८ रुपैयाँ ९० पैसाले घटेर १ हजार ७० रुपैयाँ १० पैसा पुगेको छ ।
यो अवस्थामा सेयर बजारमा ९ दशमलव १८ अंकको गिरावट आएको छ । यो अवधिमा नेप्से परिसूच्क २६०० दशमलव ४९ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजमारमा १ अर्ब ५८ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्