Skip to content

मेलम्ची पानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय(पीआईडी)ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो ।

मेलम्ची उपआयोजना–२ अन्तर्गत विच्छ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका का उप–निर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले बताए ।

उनले भने, ‘कुल ३३ वटा खानेपानी वितरण सञ्जालमा यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा दस गरी १४ वटा खानेपानी वितरण सञ्जालका तीन सय ५० किलोमिटर पाइलाइनको परीक्षण गरी बोर्डलाई हस्तान्तरण भइसकेको छ । तेस्रो चरणका बाँकी १९ वटा हस्तान्तरण प्रक्रिया अगाडि बढेको छ ।’

खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा कूल एक हजार दस किलोमिटर पाइपलाइन रहेको जनाइएको छ ।

सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा हालसम्म ६० हजार आठसय ३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको जनाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्