Skip to content
Prabhu

सेयर बजार परिसूचक १५ अंकले घट्यो, कारोबार रकम साढे ६ अर्बमाथि

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि २५ अंकले घटेको सेयर मूल्य आज पनि १५ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १५ दशमलव ५४ अंकले घटेर २५९४ दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डक्स पनि २ दशमलव ५६ अंकले घटेर ४४१ दशमलव ४२ विन्दुमा पुगेको छ । आज पनि सेयर बजारमा सबै १३ वटै उपसूचको सेयर मूल्य घटेको छ ।

परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटक खरिद बिक्री हुँदा उक्त मूल्य बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal