Skip to content
Prabhu

लाभांश प्रस्ताव पारित गर्दै सकियो कालिका लघुवित्तको साधारणसभा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश सहित अन्य प्रस्ताव पारित गरेको छ ।

संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न सभाले ०.५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र ९.५ प्रतिशत बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । यससँगै, संस्थाको चुक्ता पुँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ रुपैयाँ ७६ पैसा पुगेको छ ।

त्यस्तै सभाले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । जसमा, संस्थापक समूहबाटस् चन्द्र बहादुर क्षेत्री, चन्द्र बहादुर बस्नेत, रमा कुमारी शर्मा, र गणेश पौडेल निर्विरोध निर्वाचित भएका छन्। भने, सर्वसाधारण समूहबाट, विश्वराज नेपाल र युक्त बहादुर सुबेदी निर्विरोध निर्वाचित भएका छन्। साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले चन्द्र बहादुर क्षेत्रीलाई पुनः अध्यक्ष चयन गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal