Skip to content

छिमेक लघुवित्तको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । लघुवित्तको २३ औं वार्षिक साधारण सभा हेटौंडास्थित होटल सामना प्रालिमा पुष २९ गते सम्पन्न भएको हो ।

सभाको अध्यक्षता संस्थाका अध्यक्ष रामचन्द्र जोशीले गरेका थिए । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हासिल गरेका वित्तीय उपलब्धिहरूलाई उल्लेख गरे । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले काठमाडौंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय राखेर ६९ जिल्लाका १९७ शाखामार्फत ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यलाई लघुवित्त सेवा पुर्‍याउँदै आएको छ । २०५८ सालमा स्थापना भएको छिमेक लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९.२५ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

संस्थाले सोही मुनाफाबाट सेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयरसहित कुल १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले संस्थाको चुक्ता पुँजी रु २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० बाट वृद्धि गरी रु ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुर्‍याउने निर्णय समेत पारित गरेको छ ।

सभामा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट २ जना संचालकको निर्वाचन गरिएको छ । जसमा कर्ण बहादुर घले र दिलिप राज रेग्मी आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रमका दौरान प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था, वित्तीय उपलब्धि, र भावी योजनाबारे मन्तव्य राख्दै लघुवित्त कार्यक्रमलाई थप सुदृढ बनाउन रणनीतिक योजना अघि बढाइने बताए ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्