Skip to content
Prabhu

फोनपे पेमेन्टको १०.५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । फोनपेले सेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले सो प्रस्ताव पारित गरेको छ ।

फोनपेको पाँचौं वार्षिक साधारण सभा पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा आ।व। २०८०र८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिएको छ ।

यसका साथै, आव २०८१र८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal