Skip to content

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

nabil bank

काठमाडौं । ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G छन्, नेपाली बजारमा सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड 2 ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन हुन्, जसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँछ। खोलिएको अवस्थामा 7.85 इन्चको 2K+ AMOLED स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि 6.42 इन्चको पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीको दाबी छ ।

Mediatek Dimensity 9000+ 5G छन् चिपसेटद्वारा सञ्चालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्छ। यसमा रहेको 50MP मुख्य क्यामेरा, अल्ट्रा-वाइड र टेलीफोटो लेन्सको संयोजनले प्रत्येक क्षणलाई आश्चर्यजनक विवरणसहित कैद गर्न सक्षम बनाउँछ। साथै, 400,000 पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको छ।

5750mAh क्षमताको ब्याट्री र 70W फास्ट चार्जिङले यो फोनलाई व्यस्त जीवनशैलीका लागि उपयुक्त बनाएको छ। 15W वायरलेस चार्जिङ सपोर्टले अझ बढी सुविधा थपेको कम्पनीले जनाएको छ ।

टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको छ। किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुनेछ। नेपाली प्रविधि बजारमा फोल्डेबल फोनको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime