Skip to content

सिवाईसी नेपालको स्थगित साधारणसभा माघ १२ गते बस्ने

nabil bank

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थगित साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले स्थगित भएको साधारणसभा पुनः माघ १२ गते शनिबारका लागि बोलाएको हो ।

कम्पनीको छैठौं साधारणसभा यसअघि पुस २९ गते सोमबार बोलाइएको थियो । सभा गणपुरक संख्या नपुगेर चल्न नसकेपछि स्थगित गरिएको थियो । कम्पनीले पहिले नै समावेश गरिएका प्रस्तावहरू यथावत् राखी सभा बोलाएको छ । कम्पनीले शेयरधनीलाई लाभांश नदिने निर्णय यसअघि नै गरिसकेको छ ।

सभाले गत आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । त्यस्तै अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेकाले पुस १७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi