काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये १४ वटाको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम रहेको छ । सोमबारको सेयर कारोबार बन्द हुँदा दोस्रो बजारमा कारोबार हुने १९ वटा वाणिज्य बैंकमध्ये १४ वटाको सेयर मूल्य ३०० रुपैयाँभन्दा तल रहेको हो ।
हाल २० वटा बैंक सञ्चालनमा रहेको भए पनि राष्ट्रिय वाणिज्य बैंकबाहेक १९ वटा बैंकहरु नेप्सेमा सूचीकृत छन् । नेप्सेमा सूचीकृत भएका वाणिज्य बैंकहरुमध्ये दोस्रो बजारमा सबैभन्दा धेरै सेयर मूल्य स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ भने सबैभन्दा कम कुमारी बैंकको रहेको छ । सोमबारको कारोबार बन्द हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ ३० पैसा रहेको छ भने कुमारी बैंकको सेयर मूल्य २०९ रुपैयाँ रहेको छ ।
दोस्रो बजारमा ६ सय रुपैयाँभन्दा माथिको सेयर मूल्य भएको एउटा मात्रै बैक पनि स्ट्यान्डर्ड चार्टर्ड बैंक नै हो । योबाहेक अरू कुनै पनि बैंकको सेयर मूल्य अहिले ६०० रुपैयाँभन्दा माथि छैन । दोस्रो बजारमा धेरै सेयर मूल्य भएको अर्को बैंकको हो एभरेष्ट । यो बैंकको सेयर मूल्य सोमबारको कारोबार बन्द हुँदा ५८१ रुपैयाँ रहेको छ । त्यस्तै ३०० रुपैयाँभन्दा माथिको सेयर मूल्य भएको बैंकमा नबिल बैंकको ४८९ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल एसबिआई बैंकको सेयर मूल्य पनि दोस्रो बजारमा ४०० भन्दा माथि रहेको छ । यो बैंकको सेयर मूल्य ४६० रुपैयाँ रहेको छ । त्यस्तै एनआईसी एसिया बैंकको सेयर मूल्य पनि ३०० रुपैयाँभन्दा माथि रहेको छ । यो बैंकको सेयर मूल्य ३७७ रुपैयाँ ६० पैसा रहेको छ । यी बाहेक अरू सबै १४ बैंकको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम हरेको छ ।
सोमबारको कारोबार बन्द हुँदा कृषि विकास बैंकको सेयर मूल्य १९३ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै सिटिजन्स बैंकको २१० रुपैयाँ पुगेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको सेयर मूल्य दोस्रो बजारमा २२२ रुपैयाँ, हिमालयन बैंकको सेयर मूल्य २३३ रुपैयाँ ६० पैसा र लक्ष्मी सनराइज बैंकको सेयर मूल्य २१२ रुपैयाँ १० पैसा रहेको छ ।
सोमबारको कारोबार बन्द हुँदा माछापुच्छ्रे बैंकको सेयर मूल्य २२६ रुपैयाँ, नेपाल बैंकको २६० रुपैयाँ ५० पैसा, नेपाल इन्भेष्टमेट मेघा बैंकको सेयर मुल्य २१० रुपैयाँ ९० पैसा, प्राइम कमर्सियल बैंकको सेयर मूल्य २४७ रुपैयाँ, प्रभु बैंकको २१९ रुपैयाँ ७० पैसा र सानिमा बैंकको २९१ रुपैयाँ ४० पैसा कायम पुगेको छ । त्यस्तै ३०० रुपैयाँ भन्दा कम सेयर मूल्य भएको अर्को बैंक एनएमबिको सेयर मूल्य २३८ रुपैयाँ ८० पैसा पुगेको छ । सोमबारको अन्तिम कारोबार पछि सिद्धार्थ बैंक सेयर मूल्य २९५ रुपैयाँ ५० पैसा पुगको छ ।
प्रतिक्रिया दिनुहोस्