Skip to content
Prabhu

यूनाइटेड अजोडले बीमा अभिकर्ताको तालिम र परीक्षा सञ्चालन गर्ने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम र परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले माघ २३ देखि २५ गते बिहान १० देखि बेलुका ५ बजेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हो ।

नेपाल बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्स पाउनका लागि परीक्षा अनिवार्य गरेकाले माघ २५ गते बेलुका ५ देखि साढे ६ बजेसम्म परीक्षा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । तालिम र परीक्षा काठमाडौंको नयाँ बानेश्वर शाखामा सञ्चालन हुनेछ। यसमा एसएलसी वा सो सरहको परीक्षा पास गरेकाले सहभागिता जनाउन सक्नेछन् ।

यसका लागि नागरिकता, पासपोर्ट साइजको ३ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal